हुम्ला- हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।
प्रकाशित: २८ असार २०८० १२:४०
प्रतिक्रिया