शुक्रबारदेखि लक्ष्मी र सन्राइज बैंकको एकीकृत कारोबार

हिमाल प्रेस २६ असार २०८० १७:३४
12
SHARES
शुक्रबारदेखि लक्ष्मी र सन्राइज बैंकको एकीकृत कारोबार

काठमाडौँ- लक्ष्मी बैंक र सन्‌राइज बैंकको एकीकृत कारोबार शुक्रबार (असार २९ गते) देखि हुने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारदेखि ‘लक्ष्मी सन्‌राइज बैंक लिमिटेड’बाट एकीकृत कारोबार हुने भएको हो।

बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को पाँचौं संशोधन २०७९ अनुसार दुई बैंक आपसमा गाभिएर एकीकृत कारोबार हुन लागेको राष्ट्र बैंकले जानकरी दिएको छ।

यसअघि गत जेठ पहिलो साता दुई बैंक आपसमा मर्ज गर्ने सम्झौता गरिएको थियो। सम्झौतामा दुवै बैंक बराबरी हैसियतमा मर्जर हुने अर्थात् सेयर अनुपात १ः१ रहने उल्लेख छ। बैंकको सञ्चालक समितिमा दुवै बैंकबाट तीनतीन जनाको प्रतिनिधित्व हुनेछ। याेसँगै वाणिज्य बैंककाे संख्या २० हुने भएकाे छ।

प्रकाशित: २६ असार २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast