सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जना यात्रुकै मृत्यु

हिमाल प्रेस २६ असार २०८० १४:१०
26
SHARES
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जना यात्रुकै मृत्यु

काठमाडौँ- मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान ९:५२ बजे दुर्घटनामा परेको हो। हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

सोलुखुम्बका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

प्रजिअ भट्टराईका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगेको छ। २ जना प्रहरी घटनास्थलमा पुगिसकेका र थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको भट्टराईले जानकारी दिए।

हेलिकोप्टरमा १ जना पाइलट र ५ जना यात्रु थिए। ५ जना यात्रुमध्ये सबै मेक्सिन नागरिक रहेका जनाइएको छ।

प्रकाशित: २६ असार २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =