कोशी सरकारविरुद्ध दायर भएको मुद्दाको पेसी आज पनि

हिमाल प्रेस २६ असार २०८० ११:२२
4
SHARES
कोशी सरकारविरुद्ध दायर भएको मुद्दाको पेसी आज पनि

काठमाडौँ- नेकपा एमालेले कोशी प्रदेश सरकार गठनको निर्णय विरुद्ध दायर गरेको रिटमा मंगलबार पनि पेसी तोकिएको छ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।

१४औं नम्बरमा पेसी रहेको उक्त मुद्दा लगातार तेस्रो दिन एकल इजलासमा पेसी तोकिएको हो। आइतबारदेखि दैनिक पेसी तोकिने तर हेर्न नभ्याउने हुँदै सर्दै आएको छ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेससहितका दलको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको हकमा बहुमत नपुगेको अवस्थामा नियुक्ति दिएकाले बदर हुनुपर्ने माग गरिएको छ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको प्रस्ताव आह्वानपछि सभामुखसहितको हस्ताक्षर पेस गरेर लिइएको नियुक्ति र सपथ गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ।

 

प्रकाशित: २६ असार २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =