भारतमा भीषण वर्षा, बाढीपहिरोमा परी २९ जनाको मृत्यु

हिमाल प्रेस २५ असार २०८० २०:४९ | Monday, July 10, 2023
भारतमा भीषण वर्षा, बाढीपहिरोमा परी २९ जनाको मृत्यु तस्बिर : पीटीआई

काठमाडौँ- भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ। हिमाञ्चल प्रदेश, उत्तराखण्ड, पञ्जाब, दिल्ली, हरियाणालगायतमा परिरहेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण कैयौँ घाइते भएका छन्।

साथै धेरै ठाउँमा पुलपुलेसा भत्किएका र सडक भासिएका बीबीसी हिन्दीले उल्लेख गरेको छ। भिडियो फुटेजहरूअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाञ्‍चल प्रदेशको पहाडी भेग रहेको छ।

हिमाञ्‍चल प्रदेशमा मूसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगेका, भवन र पुलहरू भत्केका र बढी मानिसको ज्यान गएको छ। ‘विगत दुई दिनमा, हिमाञ्‍चल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,’ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भने।

राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रहरूमा थप ९ जनाले ज्यान गुमाएका छन्। सरकारी अधिकारीहरूका अनुसार हिमाञ्चल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाको उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भए पनि प्रतिकुल मौसमका कारण उडान गर्न नसकिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसैबीच, एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाचल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का ११ टोली तयारी अवस्थामा छन्।

लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चाल गर्न सकिएको छैन। तर एनडीआरएफका कर्मचारीले सम्भव भएसम्म काम गरिरहेको बताएका छन्।

द हिन्दुका अनुसार हिमाञ्चल प्रदेशमा पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु भएको छ। दिल्लीमा पछिल्लो ५० वर्षयताकै बढी वर्षा भएको द हिन्दुले उल्लेख गरेको छ। समाचारअनुसार सन् १९८२ यता सोमबारमा १५३ मिलिलिटर वर्षा मापन गरिएको छ।

प्रकाशित: २५ असार २०८० २०:४९ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast