इक्यान उपाध्यक्षमा लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा

हिमाल प्रेस २६ असार २०८० १२:३९
38
SHARES
इक्यान उपाध्यक्षमा लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनमा लक्ष्मण पौडेल (एन्ड्रयु) ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। असार ३० गते हुने इक्यान महाधिवेशनमा विष्णुहरि पाण्डे नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पौडेलले उम्मेदवारी घोषणा गरेका हुन्।

उनले इक्यानमा रहँदा आफूले गरेको योगदानलाई मूल्यांकन  गर्दै सबै सदस्यहरूले मत दिएर उपाध्यक्षमा विजयी गराउने विश्वास लिएका छन्।  ‘संस्थाको सकारात्मक परिवर्तन र प्रगतिका लागि मेरो बलियो उपस्थिति रहनेछ। परामर्श व्यवसायीका रूपमा विगतदेखि गर्दै आएको कामको मूल्यांक गर्ने जिम्मा सदस्यहरूकै हो। उपाध्यक्षको रूपमा सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने।

पौडेलले उपाध्यक्षमा विजयी भए कार्यसमिति भित्र रहेर इक्यानलाई राज्यको उपल्लो निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्न पहलकदमी लिनेदेखि इक्यानका सदस्यहरूलाई क्षमता विकासका तालिम सञ्चालन गर्ने बताए।

परामर्श व्यवसायीबीचको सहयोगलाई प्राथमिकतामा राख्ने, परामर्श क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनमा भूमिका निर्वाह गर्ने, परामर्शदाता, सम्बन्धित निकाय र अधिकारीहरू बीच प्रभावकारी समन्वयकारी भूमिका निर्वाह गर्ने, उद्देश्यका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ।

पौडेलले यस अघिदेखि नै परामर्श व्यवसायको पेशागत उत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकाय सँग छलफल गर्ने, विदेशी कूटनीतिक नियोग, आयोग, दूतावास, विश्वविद्यालय, आईडीपी, ब्रिटिस काउन्सिल जस्ता संस्थासँग सामूहिक वार्ताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। पौडेल ग्रेस इन्टरनेसनल एजुकेसनका सञ्चालक हुन्। व्यवस्थापन संकायमा सिंगापुरबाट उच्च शिक्षा हासिल गरेपछि व्यवसाय गर्दै आएका पौडेल इक्यानको सुरुवाती अवस्थादेखि सक्रिय छन्।

इक्यानमा आईएलटीएस रजिस्ट्रेसन गर्ने संस्थामा उनको संस्था अग्रणी स्थानमा छ। इक्यानले गर्ने प्रत्येक कार्यक्रममा ग्रेस इन्टरनेशनलले सहभागिता जनाउनुका साथै सहयोगी भूमिका पनि निर्वाह गर्दै आएको छ। इक्यानलाई अघि बढाउन आफैले सहयोग गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने गरेको उनको भनाइ छ।

प्रकाशित: २६ असार २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast