अखाद्य वस्तु बेच्ने आकाश फुड्सलाई काठमाडौँ महानगरको डेढ लाख जरिबाना

हिमाल प्रेस २४ असार २०८० १८:५८
4
SHARES
अखाद्य वस्तु बेच्ने आकाश फुड्सलाई काठमाडौँ महानगरको डेढ लाख जरिबाना काठमाडौँ महानगर

काठमाडौँ- लाजिम्पाटमा रहेको आकाश फुड्सलाई काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार जरिबाना तिराएको छ। बजार अनुगमनका क्रममा सडेगलेका र ढुसी परेका मिठाई बिक्री गरेको पाइएपछि महानगरले जरिबाना गरेको हो।

अनुगमनका क्रममा आकाश फुड्सले कीरा परेका अन्य खाद्य सामग्रीसमेत बेचेको पाइएको महानगरले जनाएको छ। पछिल्लो समय काठमाडौँ महानगरले बजार अनुगमनलाई तीव्र बनाएको छ।

प्रकाशित: २४ असार २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =