नक्कली शरणार्थी प्रकरण : ‘आरजु जोडिएको अडियोको स्वर थुनामा रहेका सन्देश शर्मासँग मिल्छ’

हिमाल प्रेस २४ असार २०८० १४:१७
72
SHARES
नक्कली शरणार्थी प्रकरण : ‘आरजु जोडिएको अडियोको स्वर थुनामा रहेका सन्देश शर्मासँग मिल्छ’

काठमाडौँ– नेपाली कांग्रेस नेत्री तथा सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा रकम माग गरेको भन्ने अडियो थुनामा रहेका सन्देश शर्मासँग मेल खाएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका बारेमा जानकारी दिँदै जारी विज्ञप्तिमा आरजुलाई जोडेर आएको स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग मेल खाएको उल्लेख गरेका हुन्।

कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार गरे पनि त्यसबारे जवाफ नआएको बताइएको छ। शर्मा नक्कली शरणार्थी प्रकरणमा ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले थप विवरण अदालतबाट उपलब्ध हुने प्रहरीले जनाएको छ।

आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन्। यो प्रकरणमा आरजुले दुई करोड ५० लाख रुपैयाँ बुझेको भन्दै अडियो सार्वजनिक भएको थियो।

प्रकाशित: २४ असार २०८० १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast