प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई नियुक्त

हिमाल प्रेस २४ असार २०८० १३:२४
10
SHARES
प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई नियुक्त

काठमाडौँ– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन्।

भट्टराई चार वर्षको लागि प्रभु महालक्ष्मीको सीईओ नियुक्त भएका हुन्।

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखि सीईओ थिए।

भट्टराईले ०३८ सालमा नेपाल बैंक लिमिटेडको अधिकृतबाट बैंकिङ करियर सुरु गरेका थिए। ०५२ मा वीरगञ्जमा स्थापना गरिएको महालक्ष्मी फाइनान्स लिमिटेडमा सीईओ बनेका थिए।

यसपछि नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार असार २९ गतेदेखि हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =