![गायक रोविन तामाङको अत्येष्टि गरिँदै, राष्ट्रिय झण्डा ओडाएर गरियो सम्मान [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/07/robin-001.jpg)
काठमाडौँ– गायक तथा कलाकार रविन तामाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली प्रकट गरिएको छ।
श्रद्धाञ्जली अर्पणका लागि आइतबार (आज) बिहान नक्सालस्थित संगीत तथा नाट्य प्रतिष्ठानको प्रांगणमा उनको पार्थिव शरीर राखिएको थियो।
अन्तिम संस्कारको लागि विजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि बिहान ८ बजेदेखि ११ बजेसम्म भएको श्रद्धाञ्जली सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे।
अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित विभिन्न राजनीतिक दलका नेता एवम् तथा कलाकारहरूको उपस्थिति थियो।
श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाहसंस्कार गरिने परिवार सदस्यले बताएका छन्।
गायक तामाङ बुढानीलकण्ठस्थित निवासमा मंगलबार राति मृत फेला परेका थिए।