एकीकृत समाजवादी पाल्पा अध्यक्ष पाण्डेको हृदयाघातबाट मृत्यु

हिमाल प्रेस २२ असार २०८० २२:१६
46
SHARES
एकीकृत समाजवादी पाल्पा अध्यक्ष पाण्डेको हृदयाघातबाट मृत्यु

लुम्बिनी– नेकपा एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे ‘कमल’ को शुक्रबार साँझ निधन भएको छ। उनलाई आफ्नै निवास बगनासकाली गाउँपालिका–१ पिप्लेमा हृदयाघात भएको थियो। उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लैजाने क्रममा बाटोमै पाण्डेको मृत्यु भएको समाजवादी प्रेस संगठन नेपाल पाल्पा अध्यक्ष पदम गैरेले जानकारी दिए।

पाण्डेको शव लुम्बिनी मेडिकल कलेज, प्रभासमा राखिएको छ। ५२ वर्षीय पाण्डेको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयाघातबाटै मृत्यु भएको थियो। मृतक पाण्डेका श्रीमती र २ छोरा छन्। एमाले पाल्पाको पूर्वउपसचिव रहेका पाण्डे पाल्पामा सरल र स्वच्छ छविका नेताका रूपमा चिनिन्छन्।

प्रकाशित: २२ असार २०८० २२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast