पुतलीसडकमा नबिल बैंकको ‘शैक्षिक शाखा’

हिमाल प्रेस २२ असार २०८० १८:२८
पुतलीसडकमा नबिल बैंकको ‘शैक्षिक शाखा’

काठमाडौँ– नबिल बैंक लिमिटेडले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा २५६औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

‘शिक्षा हब’का रूपमा स्थापित शाखाको उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गरेका हुन्।

निर्देशक पौड्यालले शैक्षिक परामर्श केन्द्रको क्षेत्रका रूपमा परिचित पुतलीसडकमा नबिलको शाखाले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रलाई सहज सेवा दिने प्रतिबद्धता जनाए।

शैक्षिक कर्जालगायत अरु सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा सुरु गरिएको ढुंगानाले बताए। उनले भने, ‘यसबाट विद्यार्थीको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने विषयमा बैंक प्रतिबद्ध छ।’

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदातालाई सरल बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
यसबाट नियमित बैंकिङ सेवाका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने बैंकको लक्ष्य छ।

नबिल बैंकको यस शाखाले आइईएलटीएस, टोफेल, जीआरई, एसएटीलगायत परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्क, कलेज तथा विश्वविद्यालय शुल्क, विदेशी मुद्रा विनिमय साटफेरजस्ता सेवा दिनेछ। त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बिमाको भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: २२ असार २०८० १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =