इटहरी– मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दुई लाख रुपैयाँ घूससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै आज (शुक्रबार) पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीले जनाएको छ।
ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत-सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका ढकालमाथि थप अनुसन्धान अगाडि बढाइएको छ।
प्रकाशित: २२ असार २०८० १६:५३
प्रतिक्रिया