काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारबाटै लोकतन्त्रको चीरहरण भएको आरोप लगाएका छन् ।
निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमदेखि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग हुनुले राष्ट्र र लोकतन्त्रको चीरहरण भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन्। यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ। उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन। राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो।’