यू-१६ क्रिकेट : प्रतिखेलाडी ५० हजार रुपैयाँ दिने क्यानकाे घाेषणा

हिमाल प्रेस २१ असार २०८० २१:२४
10
SHARES
यू-१६ क्रिकेट : प्रतिखेलाडी ५० हजार रुपैयाँ दिने क्यानकाे घाेषणा तस्बिर : क्यान

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले १६ वर्ष मुनीको क्रिकेट ‘एसिया कप इस्ट जोन’ विजेता टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ। विजेता टिमको सम्मानमा बिहीबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।

यसअघि मलेसियामा भएको प्रतियोगिताको फाइनलमा घरेलु टोली मलेसियामाथि फराकिलो अन्तरले जित्दै प्रतियोगिता नेपालले जितेको थियो। गत मंगलबार भएको फाइनल खेलमा नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको मलेसिया ३१ रनमा अलआउट भएको थियो।

प्रकाशित: २१ असार २०८० २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =