भारतीय अनुदानमा बनेकाे बूढानीलकण्ठ धर्मशाला उद्घाटन

हिमाल प्रेस २१ असार २०८० १६:०८
4
SHARES
भारतीय अनुदानमा बनेकाे बूढानीलकण्ठ धर्मशाला उद्घाटन

काठमाडौँ- भारत सरकारको सहयोगमा बनेको काठमाडौँको बूढानीलकण्ठस्थित धर्मशालाको उद्घाटन गरिएको छ। बूढानीलकण्ठ नगरपालिका-३ मा निर्मित बूढानीलकण्ठ धर्मशालाको उद्घाटन बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन्।

धर्मशाला उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता गगन थापा र प्रदिप पौडेल एवं काठमाडौास्थित भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवलगायतको उपस्थिति थियो।

उक्त धर्मशाला भारत सरकारको करिब ५ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण गरिएको हो। नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत धर्मशाला निर्माण गरिएको भारतीय दूतावासले जानकारी दिएको छ।

साढे तीन तलाको धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने हजारौँ तीर्थयात्रीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ असार २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast