मिटरब्याजविरुद्धको अध्यादेशबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुँदै

हिमाल प्रेस २१ असार २०८० १०:०८
6
SHARES
मिटरब्याजविरुद्धको अध्यादेशबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुँदै

काठमाडौँ- सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ। सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।

बैठकमा प्रमुख प्रतिपक्षले बुधबारबाट गरेको संसद् अवरोध, मिटरब्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन्।

प्रकाशित: २१ असार २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =