नेपाली बजारमा आउँदै ‘रियलमी ११ प्रो ५ जी’

हिमाल प्रेस २० असार २०८० २०:४६
12
SHARES
नेपाली बजारमा आउँदै ‘रियलमी ११ प्रो ५ जी’

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले ‘११ प्रो सिरिज ५ जी’ मोबाइल नेपाली बजारमा चाँडै सार्वजनिक गर्ने बताएको छ। उक्त स्मार्टफोन फोटोग्राफीका लागि उपयुक्त रहेको कम्पनीले जानकारी दिएको छ।

‘नयाँँ रियलमी ११ प्रो ५ जी को क्यामरामात्रै नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १०० एमपीको क्यामरा, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरसहित स्मार्टफोन केही दिनमै नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ।

उक्त स्मार्टफोनमा डाइमेन्सिटी ७०५० ५जी प्रोसेसर, १२ जीबी र्‍याम, र २५६ जीबी इन्टर्नल स्टोरेज छ।

प्रकाशित: २० असार २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =