भक्तपुरको गट्ठाघरमा सीजी डिजिटलको २३औँ शोरुम

हिमाल प्रेस २० असार २०८० १६:११
भक्तपुरको गट्ठाघरमा सीजी डिजिटलको २३औँ शोरुम

काठमाडौँ- चौधरी ग्रुपअन्तर्गतको सीजी डिजिटलले भक्तपुरको गट्ठाघरमा २३औँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखामार्फत एलजी, सीजी, टीसीएल, गोदरेज्, बेकोलगायत ब्रान्डका विद्युतीय सामग्री उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो शोरुम सातै दिन बिहान १० बजेदेखि बेलुका ७:३० बजे सम्म खुल्नेछ। नयाँ शोरुम सुरुवातको अवसरमा सीजीले छुट सुविधा उपलब्ध गराउने बताएको छ। साथै शून्य प्रतिशत किस्ताबन्दी, साटफेरको सुविधा पनि रहेको छ।

चौधरी ग्रुपले काठमाडौँ उपत्यकाको विभिन्न स्थानका साथै इटहरी, हेटौँडा, भरतपुर, विराटनगर र पोखरामा पनि सीजी डिजिटल शोरुम सञ्चालन गरिरहेको छ।

प्रकाशित: २० असार २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast