हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

हिमाल प्रेस १९ असार २०८० १६:३६
10
SHARES
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो।

महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरूसँग बैठक बसी थप निर्णय गरिने बताए।

उनले सम्पदा क्षेत्रमा जानेहरूका लागि न्यूरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने बताए। त्यस्तै, अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकलबाहेकका सवारीसाधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए।

वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ।

प्रकाशित: १९ असार २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast