६० रुपैयाँदेखि ७५० रुपैयाँसम्म घट्याे हवाई भाडा

हिमाल प्रेस १९ असार २०८० १५:५०
2
SHARE
६० रुपैयाँदेखि ७५० रुपैयाँसम्म घट्याे हवाई भाडा फाइल तस्बिर।

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घट्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले म‌ंगलबार हवाई भाडामा लाग्ने इन्धन चार्ज नयाँ निर्धारण गर्दै हवाई भाडा घट्ने जानकारी गराएको हो। प्राधिकरणकाअनुसार आन्तरिक रुटमा ६० रुपैयाँदेखि ७५० रुपैयाँसम्म हवाई भाडा घट्ने भएको हो।

प्राधिकरणका अनुसार डोटी–साँफेबगर रुटमा न्युनतम ६० रुपैयाँ हवाई भाडा घट्ने छ। त्यस्तै विराटनगरदेखि नेपालगञ्ज रुटमा सबैभन्दा बढी ७५० रुपैयाँ भाडा घट्ने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले निर्धारण गरेको नयाँ ‘फ्यूल सरचार्ज’अनुसार वायु सेवा सञ्चालकहरूले नयाँ भाडा निर्धारण गर्नेछन्।

 

 

प्रकाशित: १९ असार २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =