व्यास गुफा संरक्षणका लागि एसबीआई बैंकको सहयोग

हिमाल प्रेस १९ असार २०८० १२:१९
व्यास गुफा संरक्षणका लागि एसबीआई बैंकको सहयोग

तनहुँ- नेपाल एसबीआई बैंक लिमिटेडको दमौली शाखाले व्यास गुफाको संरक्षणका लागि आर्थिक सहयोग गरेको छ।

व्यास नगरपालिका वडा नं. ३ मा रहेको गुफा परिसरमा सन्त भवन निर्माण र अन्य कार्यका लागि बैंकले आर्थिक सहयोग गरेको हो।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ।

बैंकको गण्डकी प्रदेश प्रमुख सुशीलचन्द्र महतले सोमबार आर्थिक सहयोगको चेक वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेका थिए।

प्रकाशित: १९ असार २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =