
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा ‘हिन्दूराष्ट्र’ अनिवार्य आवश्यकता भएको बताएका छन्। पार्टीको अनुसन्धान तथा योजना विभागले काठमाडौँमा आयोजना गरेको ‘हिन्दूराष्ट्र : अवधारणा र औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालजस्तो भूराजनीतिक अवस्था एवं सामाजिक सांस्कृतिक परिवेशमा हिन्दूराष्ट्र अपरिहार्य रहेको बताएका हुन्।
थापाले हिन्दूराष्ट्रको अवधारणालाई सही अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको पनि बताए। हिन्दू धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दूत्व सांस्कृतिक राष्ट्रवादको अभिव्यक्ति भएको उनले दाबी गरे।
उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफूहरूको प्रमुख ध्यय भएको स्पष्ट पारे।
प्रकाशित: १८ असार २०८० २१:४३
प्रतिक्रिया