भारतीय दूतावासमा मनाइयो ‘गुरु पूर्णिमा’

हिमाल प्रेस १८ असार २०८० २१:०६
6
SHARES
भारतीय दूतावासमा मनाइयो ‘गुरु पूर्णिमा’

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले ‘गुरु पूर्णिमा’ मनाएको छ। दूतावासले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा गुरु पूर्णिमा मनाएको हो। गुरु पूर्णिमाको अवसरमा दूतावासमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको पनि उपस्थिति थियो।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय तथा गुम्बाका प्रतिनिधिकोका पनि सहभागिता थियो। साथै कार्यक्रममा लुम्बिनी विकास कोषका पदाधिकारीको पनि उपस्थिति थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेद परिसंघ प्रतिनिधिको रूपमा उपस्थित थिए। बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्नो पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई गुरु पूर्णिमाको दिन स्मरण गरिन्छ।

सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टांगिक मार्ग’ बारे बताएका थिए।

प्रकाशित: १८ असार २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast