एनआईसी एसिया बैंकका ग्राहकलाई कोरियन हस्पिटल ‘लेट मी इन’मा छुट

हिमाल प्रेस १८ असार २०८० १६:४३
2
SHARE
एनआईसी एसिया बैंकका ग्राहकलाई कोरियन हस्पिटल ‘लेट मी इन’मा छुट

काठमाडौँ- महराजगञ्ज र बानेश्वरमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मी इन’मा एनआईसी एसिया बैंकका ग्राहकले छुट पाउने भएका छन्। त्यसका लागि सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले हस्पिटलबाट विभिन्न सेवा लिएबापतको भुक्तानी डिजिटल्ली गर्दा १० प्रतिशत छुट पाउने छन्। सोसम्बन्धी सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका निर्देशक मा दोङ सुले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंककाे मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरी भुक्तानी गर्दा छुट पाइनेछ। ‘सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध गराउनेबारे दुवै पक्षबीच समझदारी भएको छ,’ सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पु¥याउने उद्देश्यले सहकार्य अगाडि बढाइएको हो।’

प्रकाशित: १८ असार २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =