इक्यान महाधिवेशन : अध्यक्ष र महासचिवमा आकांक्षी धेरै भएपछि सहमतिको प्रयास

हिमाल प्रेस १७ असार २०८० २०:२३
12
SHARES
इक्यान महाधिवेशन : अध्यक्ष र महासचिवमा आकांक्षी धेरै भएपछि सहमतिको प्रयास

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को महाधिवेशन असार ३० गते हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा इक्यानको नयाँ नेतृत्वका लागि पनि लबिङ सुरु भइसकेको छ।

हालसम्म इक्यानको अध्यक्षमा चार जना आकांक्षी देखिएका छन्। अध्यक्ष पदमा पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र वर्तमान कार्यसमिति उपाध्यक्ष कृष्णहरि केसीले उम्मेदवारी घोषणा गरिसकेका छन्। यस्तै कार्यसमिति प्रथम उपाध्यक्ष देविदास भट्टराई र दोस्रो वरीयताका उपाध्यक्ष शेषराज भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। इक्यानको नयाँ नेतृत्वमा महासचिवमा दीपकराज भुसालले दोहोरिने बताएका छन्।

यस्तै इक्यानका वर्तमान सचिव वासुदेव दाहाल,  सल्लाहकार श्रीराम पौडेल र लक्ष्मण पौडेल (एन्ड्रियु)ले पनि महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्।

इक्यानको सचिवमा वर्तमान कार्यसमिति सदस्य भवनाथ हुमागाई, पुष्पराज भट्टराई, आशिक कार्कीलगायतले दाबी प्रस्तुत गरेका छन्। आकांक्षी धेरै भएपछि सहमतिको प्रयास जारी छ।

इक्यानमा अध्यक्ष र महासचिवबाहेक तीन उपाध्यक्ष, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, ११ जना सदस्य निर्वाचित हुन्छन्।

प्रकाशित: १७ असार २०८० २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast