साढे ९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

हिमाल प्रेस १७ असार २०८० १५:०६
8
SHARES
साढे ९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ- आर्थिक वर्ष २०७८÷७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको हो।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्न सिफारिस गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम ५ हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार निजामती कर्मचारीका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, शिक्षक एक हजार एक सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका एक हजार ९ सय २२ रहेका छन्। यसैगरी प्रदेशतर्फका एक हजार २७ तथा स्थानीय तहका एक हजार ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। रासस

 

प्रकाशित: १७ असार २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast