नबिलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउँदै

हिमाल प्रेस १७ असार २०८० १२:०९
6
SHARES
नबिलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउँदै

काठमाडौँ- नबिल बैंक लिमिटेडले ‘नबिल ग्रिन विक’ कार्यक्रम सुरु गरेको छ। ‘नबिल सस्टेनेबल बैंकिङ’को दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा यो कार्यक्रम सुरु भएको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडीजी गोल्स पेन्टिङ अनावरण गरी अभियानको उद्घाटन गरेका हुन्।

असार १५ गतेदेखि सुरु भएको कार्यक्रम २१ गतेसम्म चल्नेछ। साताव्यापी अभियानमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउनेजस्ता अभियान चलाइरहेकाे छ।

नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रबर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रमसमेत रहेको छ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपिज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरिरहेको बताए। उनले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरेको धारणा राखे।

नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए। यो ग्रिन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धी र योगदानलाई उजागर गर्ने उनको भनाइ छ।

नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रितजस्ता अभ्यास गर्दै आएको ढुंगानाले बताए।

नबिल सस्टेनेबल बैंकिङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाजस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ।

ग्राहकहरूलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानहरूमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पुर्‍याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको छ।

प्रकाशित: १७ असार २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =