धनगढीका लागि उडेको विमानमा समस्या देखिएपछि श्री एयरलाइन्सका सबै विमान ‘ग्राउन्डेड’

हिमाल प्रेस १६ असार २०८० १९:४५
16
SHARES
धनगढीका लागि उडेको विमानमा समस्या देखिएपछि श्री एयरलाइन्सका सबै विमान ‘ग्राउन्डेड’ फाइल तस्बिर।

काठमाडौँ- शनिबार दिउँसो काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएको छ। ीवमानमा समस्या देखिएपछि धनगढी पुग्नै लागेको विमान काठमाडौँ फिर्ता गरिएको छ।

साढे ३ बजे धनगढीका लागि उडेको विमानमा समस्या देखिएपछि फिर्ता आएर सकुसल अवतरण गरिएको हो। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानमा ‘हाइड्रोलिक समस्या’ देखिएका कारण फिर्ता गरिएको जानकारी दिए।

फिर्ता गरिएको विमान सुरक्षित अवतरण गरिएको र यात्रुलाई अन्य एयरलाइन्सका विमानमार्फत धनगढी पठाउने तयारी भइरहेको सूचना अधिकारी भुलले जानकारी दिए। ‘श्री एयरलाइन्सका सबै विमान परीक्षणका लागि ग्राउन्डेड गरिएका छन्,’ सूचना अधिकारी भुलले हिमाल प्रेससँग भने, ‘यात्रुलाई अन्य एयरलाइन्समार्फत धनगढी पठाउने तयारी भइरहेको छ।’

प्रकाशित: १६ असार २०८० १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =