५० लाखले बढ्यो आवासीय घर कर्जाको सीमा

हिमाल प्रेस ७ साउन २०८० १३:५९ | Sunday, July 23, 2023
५० लाखले बढ्यो आवासीय घर कर्जाको सीमा राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ।

आइतबार चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा ५० लाखले वृद्धि गरेको हो।

यसअघि आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाइन्थ्यो। अब २ करोड रुपैयाँसम्म पाइने भएको छ।

राष्ट्र बैंकले नीतिगत दरहरू पनि घटाएको छ। यसले ब्याजदर घट्न थप मद्दत गर्नेछ।

यसका साथै सेयर धितो कर्जा, रियलस्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारितसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ७ साउन २०८० १३:५९ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast