४० मेगावाटकाे अपर चमेलिया परीक्षण सुरु

हिमाल प्रेस ६ साउन २०८० १९:५७ | Saturday, July 22, 2023
४० मेगावाटकाे अपर चमेलिया परीक्षण सुरु

खलंगा- दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताकाे अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ। कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्‌गृहमा पानी खसालेर शुक्रबारदेखि परीक्षण सुरु गरिएको हो।

‘आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टर्बाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ,’ उनले भने, ‘शुक्रबार विद्युत्‌गृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको हो।’

शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार (भोलि) आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए। निर्माण कम्पनीका अनुसार आठ अर्ब रुपैयाँ लागतमा ३० महिनामा निर्माणकार्य सम्पन्न भएको हो। रासस

प्रकाशित: ६ साउन २०८० १९:५७ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast