२.१३ प्रतिशत घट्यो बस भाडा, कुन रुटको कति?

हिमाल प्रेस १ साउन २०८० १३:०७ | Monday, July 17, 2023
२.१३ प्रतिशत घट्यो बस भाडा, कुन रुटको कति?

काठमाडौँ- यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीमा चल्ने यात्रु र मालवाहक सवारीसाधनको भाडा घटाएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा घटेको हो। इन्धन मूल्यमा ५ प्रतिशतले घटबढ भए सोहीअनुसार गाडी भाडा घटाउने वा बढाउने व्यवस्था छ।

सरकारले आजदेखि लागू हुनेगरी डिजेलको मूल्य १०.१७ रुपैयाँ घटाउँदै १४४.८३ कायम गरेको छ।

नयाँ भाडादर आजैदेखि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ।

विभागले यात्रुवाहक सवारीको भाडा २.१३ प्रतिशतले घटाएको छ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीको २.७८ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ३.०९ प्रतिशत कम गरेको छ।

प्रकाशित: १ साउन २०८० १३:०७ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast