१० दिनदेखि स्थगित लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

हिमाल प्रेस ३० असार २०८० ७:५९ | Saturday, July 15, 2023
१० दिनदेखि स्थगित लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

काठमाडौँ– शनिबार (आज) लुम्बिनी प्रदेशसभा बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक पेस, छलफल र फिर्ता गरिने कार्यसूची छ।

असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो।

आजको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक आजको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी छ।

प्रकाशित: ३० असार २०८० ७:५९ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast