काठमाडौँ- हिमालय एअरलाइन्स कम्पनी र नेपाल अर्थोपेडिक अस्पतालबीच सम्झौता गरिएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले अस्पतालसँग सम्झौता गरेको हो।
आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको कम्पनीले जानकारी दिएको छ। हस्ताक्षरमा एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ र अस्पतालका अध्यक्ष सामदेन लामाले हस्ताक्षर गरेका छन्। सोही अवसरमा अस्पतालाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरिएको थियो।
अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ। यसमा आवश्यकताअनुसार बिरामीले सस्तो शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले बताएको छ।
प्रकाशित: १ साउन २०८० १४:०१ | Monday, July 17, 2023
प्रतिक्रिया





