काठमाडौँ– फिल्म ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ। आइतबार (आज) बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।
सिमोस सुनवारको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई, वेनिशा हमाल, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, रवीन्द्र झालगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको छायांकन १५ दिन काठमाडौँ र १५ दिन पोखरा आसपासमा हुने निर्माण टिमले जनाएको छ। फिल्मका निर्माता किरण नेपाली हुन्। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्।
प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्म सामाजिक कथावस्तुमा बन्ने बताइएको छ।
                            प्रकाशित: २४ असार  २०८० १३:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

