स्टार्टअप उद्यम नीति : मस्यौदाका लागि सरकारले माग्यो सुझाव

हिमाल प्रेस १४ साउन २०८० १९:४५ | Sunday, July 30, 2023
स्टार्टअप उद्यम नीति : मस्यौदाका लागि सरकारले माग्यो सुझाव

काठमाडौँ- सरकारले राष्ट्रि स्टार्टअप नीतिका लागि राय सुझाव माग गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सूचना जारी गर्दै राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९ र लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति २०८० का लागि राय सुझाव उपलब्ध गराउन माग गरेको हो।

सूचनामा १५ दिनभित्र राय सुझाव उपलब्ध गराउन उल्लेख गरिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्टार्टअप उद्यम व्यवसायलाई प्राथमिकता दिइने बताएको थियो। त्यसका लागि आवश्यक नीति निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित: १४ साउन २०८० १९:४५ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast