सुरजले बनाए ‘सिंहदरबार २’

हिमाल प्रेस २९ असार २०८० १२:५३ | Friday, July 14, 2023
सुरजले बनाए ‘सिंहदरबार २’

काठमाडौँ– गायक तथा संगीतकार सुरज पण्डितले ‘रेलको बाटो’ गीतको तेस्रो भाग ‘सिंहदरबार २’ सार्वजनिक गरेका छन्। उनले आफ्नै नामको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।

सुरजकै शब्द, संगीत र स्वर रहेको गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन्।

लक्ष्मण सुनार निर्देशित गीतको भिडियोमार्फत देशको वर्तमान राजनैतिक परिस्थिति र आर्थिक अभावका कारण दुरदराजमा भएका गरिबी जनताको अवस्थालाई उजागर गरिएको छ।

भिडियोमा सुरजसहित अस्मिता सुनार (जुरेली) र हेमन्त कान्छा रसाइलीको अभिनय देख्न सकिन्छ।

उनीहरूले बिरामी हुँदा उपचार गर्न नसकेर आफ्नै मृगौला बेच्नसमेत बाध्य हुने गरिबीको मर्मलाई अभिनयमार्फत देखाउन खोजेका छन्।

सुरजको ‘रेलको बाटो’ र ‘रेलको बाटो २ सिंहदरबार’ निकै चर्चित छ।

प्रकाशित: २९ असार २०८० १२:५३ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast