‘सुन प्रकरणमा शीर्ष नेता र मन्त्री तानिने डरले समिति बनाएर छानबिन गर्न सरकार डरायो’

हिमाल प्रेस १५ साउन २०८० १९:११ | Monday, July 31, 2023
‘सुन प्रकरणमा शीर्ष नेता र मन्त्री तानिने डरले समिति बनाएर छानबिन गर्न सरकार डरायो’ फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरू अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न डराएको बताएका छन्।

सोमबार संसद् भवनबाहिर कुरा गर्दै उनले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको बताए। उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताए।

‘किन छानबिन समिति बनाउन चाहन्न सरकार भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाइप्रोफाइलका कर्मचारी नेताहरू तानिन सक्छन्। त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन,’ उनले भने, ‘हामी नेपाललाई तस्करको अखडा बनाउन चाहँदैनौँ। अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भएको छ। नेपाल तस्करीको हब बन्दै छ, यो कुरा रोक्नुपर्छ।’

प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको हब बन्न लागेको भन्दै दुःख व्यक्त गरे।

प्रकाशित: १५ साउन २०८० १९:११ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast