सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ भन्न थालियो : केपी ओली

हिमाल प्रेस ९ साउन २०८० ८:१४ | Tuesday, July 25, 2023
सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ भन्न थालियो : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ की  भनेर प्रश्न उठ्न थालेको बताएका छन्।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने ‘सानोतिनो संलग्नताबाट क्विन्टल सुन विमानस्थलबाट भित्रिन सक्दैन यसमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर प्रश्न उठ्ने गरेको छ।’

ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैको ध्यान अन्त मोड्न विभिन्न किसिमको प्रपञ्च गरिरहेको आरोप समेत लगाए।

उनले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन। एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन। यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन।’

प्रकाशित: ९ साउन २०८० ८:१४ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast