सीजी इन्टरनेटकाे ‘ट्रिपल आर’ अफर सार्वजनिक

हिमाल प्रेस ९ साउन २०८० २०:५९ | Tuesday, July 25, 2023
सीजी इन्टरनेटकाे ‘ट्रिपल आर’ अफर सार्वजनिक

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले ट्रिपल आर (आरआरआर) अफर सार्वजनिक गरेकाे छ। कम्पनीले रेफर, रिडिम र रिपीट नामक अफर सार्वजनिक गरेकाे हाे। उक्त अफरअन्तर्गत सीजीनेटकाे इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने कम्पनीले जानकारी दिएकाे छ।

साथै अफरअन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउने कम्पनीकाे भनाइ छ। अफरअन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन्। साथै तीन जनासम्म रिफर गर्नेले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ।

कम्पनीका उत्पादन प्रबन्धक करुणेश गुप्ताले रिफर गर्दा पुरस्कार पाउनेमा ढुक्क हुन आग्रह गरे। उक्त अफरमा सहभागी हुन थप प्रोत्साहनको रूपमा कम्पनीले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसिप बाेर्ड लागू गरेकाे कम्पनीकाे भनाइ छ।

उक्त अवधिमा सबैभन्दा बढी सफल रिफर गर्ने ३ जनामध्ये सबैभन्दा‍ बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ। दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्ने र तेस्रो-उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिने कम्पनीकाे भनाइ छ। अफर ४५ दिनसम्म चल्नेछ।

प्रकाशित: ९ साउन २०८० २०:५९ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast