सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल

हिमाल प्रेस १२ साउन २०८० १५:४८ | Friday, July 28, 2023
सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल चयन भएका छन्।

मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। कार्यसमितिमा आशिष अग्रवाल लर्निङ चेयर र चिराग सरावागी मेम्बरसिप चेयर चयन भएका छन्।

त्यस्तै मनिष श्रेष्ठले मेम्बर इन्टीग्रेसन, सुगम घिमिरेले ग्रोथ एण्ड एक्सपान्सन, संकेत संघाईले फाइनान्स चेयरको जिम्मेवारी पाएका छन्।

कम्यूनिकेसन चेयरमा निदा दुन मल्न, स्टार्टअप चेयरमा पुनित अग्रवाल र सिने खेतान चुरिवाल स्टार्टअप को-चेयरको रूपमा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष गोयल गु्रपका प्रबन्ध निर्देशक हुन्।

गोयल ग्रुप उत्पादनमूलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियलस्टेट, खानी, जलविद्युत्लगायत क्षेत्रमा संलग्न छ।

प्रकाशित: १२ साउन २०८० १५:४८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast