 
                             
                                            काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल बैंकका ग्राहकले विभिन्न संघ संस्थामा छुट पाउने भएका छन्। बैंकले ग्राहकलाई छुट गराउने उद्देश्यले विभिन्न संघ संस्थासँग सम्झौता गरेको छ।
बैंकका ग्राहकले बाराको निजगढमा रहेको निजगढ बर्गर हाउस एन्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एन्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्म छुट पाउने छन्।
डिजिटल माध्यममार्फत भुक्तानी गर्दा उक्त छुट पाइने सम्झौतामा उल्लेख छ। ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।
                            प्रकाशित: १७ असार  २०८० १७:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 