फाइल तस्बिर।
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक एक सातापछि सकिएको छ।
गएको शुक्रबारदेखि बसेको बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मको बैठक बोलाउने निर्णय गरेको छ।
बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको मिति केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार सचिवालय बैठक साउन १५ गते बस्ने छ । साउन १६ र १७ गते स्थायी कमिटी बैठक र १८ र १९ गते पोलिटब्युरो बैठक बस्ने छ । केन्द्रीय कमिटी बैठक साउन २० र २१ गते बोलाउने निर्णय भएको छ ।
                            प्रकाशित: ६ साउन  २०८० ६:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

