काठमाडौँ– आगामी साउन ५ गते बत्तिसपुतलीस्थित शिल्पी थियटरमा ‘ट्रान्जिट’ मञ्चन हुने भएको छ। नाटकको नयाँ पोस्टर सार्वजनिक गदै मञ्चनको समयावधि सार्वजनिक गरिएको थिएटरले जनाएको छ। नाटक आगामी भदौ २ गतेसम्म मञ्चन हुनेछ।
घिमिरे युवराजले निर्देशन गरेको नाटकका लेखक कुमार नगरकोटी हुन्। नाटकमा कलाकार दिव्य देव, आकाङ्क्षा कार्की शिल्पा मास्के,बासना तिमल्सिना, मिल्सन राई र निर्देशक घिमिरेले अभिनय गरेका छन्।
नाटक मंगलबार बाहेक प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन गरिने छ। भने शनिबार दिउँसो १ बजेको अतिरिक्त मञ्चन पनि हुनेछ।
                            प्रकाशित: १७ असार  २०८० १५:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

