काठमाडौँ– साउन महिनाको पहिलो सोमबार मखनस्थित महादेव मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ। भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको हो।
साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यस दिनको महत्त्व रहेको छ।
यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण-पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन पनि छ। गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ।
मखनस्थित महादेव मन्दिर परिसरमा साउने संक्रान्तिका दिन दर्शनार्थीको भीड हुने गर्छ। मखनटोलमा रहेको महिन्द्रेश्वर महादेवको यो मन्दिरलाई सानो पशुपतिनाथ पनि भन्ने गरिन्छ।

प्रकाशित: १ साउन २०८० १३:१९ | Monday, July 17, 2023
प्रतिक्रिया






