सांसद शेर्पा भन्छन् : सगरमाथा आरोहणको मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ

हिमाल प्रेस १९ असार २०८० १६:३९ | Tuesday, July 4, 2023
सांसद शेर्पा भन्छन् : सगरमाथा आरोहणको मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ

काठमाडौँ– राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ थियो।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकोप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्तिसमेत जनाए।

उनले पर्यटकहरूकै कारण हिमाली क्षेत्रको वातावरण प्रदुषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता ‌औँल्याए।

सांसद शेर्पाले पर्यटनले विकासमात्रै नभइ विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासात गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिए।

प्रकाशित: १९ असार २०८० १६:३९ | Tuesday, July 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast