सांसद र स्थानीयका प्रमुख/उपप्रमुख एमालेको कार्यकारी पदमा बस्न नपाउने

हिमाल प्रेस २ साउन २०८० ८:०५ | Tuesday, July 18, 2023
सांसद र स्थानीयका प्रमुख/उपप्रमुख एमालेको कार्यकारी पदमा बस्न नपाउने फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन्।

एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरूप एमालेले दोहोरो पद कटौती गर्न लागेको हो।

शनिबार बसेको पार्टी सचिवालयको २३ औँ बैठकले संघीय, प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिव चुनिन नपाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘हामीले पार्टी दोहोरो जिम्मेवारी नदिने नीतिअनुरूप नै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिवमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेका छौँ। यसले कसैले पद नै नपाउने, कसैले दोहोरो जिम्मेवारी पाएर कतै पनि काम नहुने अवस्थाको अन्त्य गर्नेछ।’

एमालेले साउन १५ गतेसम्म सदस्यता नवीकरणको समय बढाएको छ। यसअघि असार १५ गतेभित्र नवीकरण गरिसक्न अन्तरपार्टी निर्देशन जारी भए पनि सदस्यता अद्यावधिक नभइसकेकाले साउन १५ गतेसम्म समयसीमा बढाइएको हो।

गत वैशाखसम्म ४९ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको तथ्यांक केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो।

त्यस्तै, भदौ मसान्तसम्म प्रदेश कमिटीहरूको अधिवेशन गरिसक्ने कार्ययोजना बनाएको छ। एमालेले २०८० साललाई अधिवेशनको वर्ष मान्दै चैत मसान्तभित्र जिल्ला र वडा तहका अधिवेशन सक्न निर्देशन दिएको छ।

प्रकाशित: २ साउन २०८० ८:०५ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast