सर्लाही सडक दुर्घटनामा इन्स्पेक्टर वसन्त साहको मृत्यु

हिमाल प्रेस १० साउन २०८० १२:३० | Wednesday, July 26, 2023
सर्लाही सडक दुर्घटनामा इन्स्पेक्टर वसन्त साहको मृत्यु प्रतिनिधिमूलक तस्बिर

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निरीक्षकको मृत्यु भएको छ। फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मंगलबार भएको दुर्घटनामा उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका-६ बयलवास घर भएका २९ वर्षीय वसन्त साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवामा कार्यरत साह कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन्।

उनको शव आज (बुधबार) बिहान भेटिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

प्रकाशित: १० साउन २०८० १२:३० | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast