सरकारले पहिलो पटक बनायो डेंगु रोकथाम र नियन्त्रण कार्ययोजना

हिमाल प्रेस ३ साउन २०८० ११:५५ | Wednesday, July 19, 2023
सरकारले पहिलो पटक बनायो डेंगु रोकथाम र नियन्त्रण कार्ययोजना

काठमाडौँ– नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना लागू गरेको छ। सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो।

यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृद्धि रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिकाबारे स्पष्ट पारिएको उनले जानकारी दिए।

इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए।

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृद्धि रोक्ने उपाय, उपचार विधि, स्थानीय तह, रेडक्रसको भूमिका विषय समेटेको उनले जानकारी दिए।

नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको उनले जनाए।

पछिल्लो तथ्यांकअनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उनले बताए।

डेंगु रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको उनको भनाइ छ।

लामखुट्टेको वृद्धि विकास खासगरी सफा र संलो पानी जम्मा भएको ठाउँमा हुने भन्दै उनले अहिले पनि देशका अधिकांश ठाउँमा डेंगुपीडित बढ्दै गएको उनले जानकारी दिए।

मनसुनको प्रभावले नेपालमा वर्षा भएसँगै डेंगुका बिरामीको संख्या बढेको उनले जनाए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायस् भुमिका निर्वाह गर्नुपर्ने उनले बताए।

तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने उनको भनाइ छ।

प्रकाशित: ३ साउन २०८० ११:५५ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast