काठमाडौँ- समाजवाद अध्यक्ष केन्द्र धनकुटा नेपालले ‘समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
संघीय राजधानी काठमाडौँको कदलादिस्थित प्रज्ञा भवनको पारिजात प्रवचन हलमा शनिबार उक्त अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
दिउँसो १२:४५ बजेदेखि सुरु हुने कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, पम्फा भुसाल, डा. खगेन्द्र प्रसाई र अशेष घिमिरेले लगायतका समावादी नेताहरुले सम्बोधन रहनेछ।
                            प्रकाशित: ६ साउन  २०८० ९:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


